२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

भारत र बङ्गलादेशमा गरी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

भारत र बङ्गलादेशमा गरी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

बुधबार, जेठ १६ २०८१
  • images
    images
    भारत र बङ्गलादेशमा गरी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो
    फोटो: UN News

    कलकत्ता । बङ्गलादेशको र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा परी कम्तिमा पैसट्ठी जनाको मृत्यु भएको बुधबार दुबै देहका अधिकारीहरू र सञ्चारमाध्यमले जनाएका छन् । 


    images

    आइतवार साँझ भीषण वर्षा र आँधीबेहरीसहित आएको चक्रवात रेमलले बिस्तारै भित्री भागमा सर्दै बाढीपहिरो निम्त्याएको हो ।

    बङ्गलादेश मौसम विज्ञान विभागका निर्देशक अजिजुर रहमानले चक्रवात र भारी बर्षाको कारण जलवायु परिवर्तनको असर भएको र यो ‘देशको इतिहासमा सबैभन्दा लामोमध्ये एक’ भएको बताए ।

    विपद् व्यवस्थापन कार्यालय र प्रहरीका अनुसार चक्रवातको चपेटामा परेको बङ्गलादेशमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । कसैको डुबेर र कसैको भग्नावशेष, रूखहरू खस्दा वा बिजुलीका तारहरू खस्दा बिजुलीको झटकाका कारण मृत्यु भएको थियो । 

    भारतमा एक्काइस जनाको मृत्यु भएको अघिल्लो सङ्ख्या अद्यावधिक गर्दै ४७ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । 

    उत्तरपूर्वी मिजोरम राज्यमा चक्रवातमा परी अधिकांश अठ्ठाइस जनाको मृत्यु भएको थियो जसमध्ये मङ्गलबार आएको आँधीका कारण परेको खानीमा पुरिएर १४ जना कामदारको ज्यान गएको मिजोराम सरकारले एक विज्ञप्तिमा जानकारी गराएको हो ।

    पश्चिम बङ्गाल राज्यमा दश जनाको मृत्यु भएको वरिष्ठ सरकारी अधिकारी सुमित गुप्ताले बुधबार बताउनुभयो ।
    हिन्दुस्तान टाइम्सले उद्धृत गरेको रिपोर्टअनुसार असम, नागाल्यान्ड र मेघालय राज्यमा कम्तीमा १० जनाको मृत्यु भएको छ । 

    चक्रवातले प्रत्येक वर्ष बङ्गलादेश र भारतमा ठूलो क्षति पु¥याउने गरेको छ ।  वैज्ञानिकहरूले जलवायु परिवर्तनले थप आँधीबेहरीलाई बढावा दिइरहेको बताएका छन् । यद्यपि, राम्रो पूर्वानुमान र प्रभावकारी निकासी योजनाले मृत्युको सङ्ख्या भने कम देखिएको छ । रासस/एएफपी

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार