२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हाजिर जमानीमा रिहा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हाजिर जमानीमा रिहा

बुधबार, जेठ १६ २०८१
  • images
    images
    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हाजिर जमानीमा रिहा

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त भएका छन्। 


    images

    ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर रिहा भएको कागज दिएको छ।

    जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारका सदस्यलाई जिम्मा लगाउने गरी हाजिर जमानीमा छाड्ने निर्णय गरी ललितपुर प्रहरीमा पठाएको थियो । सिरोहियालाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था विद्यमान नरहेको भन्दै हाजिर जमानीमा छाडिएको प्रहरीको भनाइ छ।

    सिरोहियाको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनी विगत ६ दिनदेखि उपचारमा छन्। उनलाई मंगलबार मात्र हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो।

    प्रहरीले उनलाई नागरिकतासम्बन्धी कसुरको अनुसन्धान गर्ने भन्दै जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जी दिएर जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट नियन्त्रणमा लिएको थियो। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार