२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

खानेपानी मन्त्री भन्छन्-'काठमाडौंमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ'

खानेपानी मन्त्री भन्छन्-'काठमाडौंमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ'

आइतबार, असार ९ २०८१
  • images
    images
    खानेपानी मन्त्री भन्छन्-'काठमाडौंमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ'

    काठमाडौं । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताएका छन्।


    images

    आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्। मन्त्री राईले सो खानेपानीको विकल्प पनि सरकारले सोचिसकेको बताए।

    मन्त्री राईले बाढीको मात्रा बढ्ने बित्तिकै मेलम्चीको पानी काठमाडौं ल्याउने कुरा सम्भव नहुने अवस्था रहेको तथ्य पनि स्मरण गराए। उनले खानेपानीको अभाव हुन सरकारले नदिने गरी योजना बनाएको दाबी पनि गरे।

    मन्त्री राईले भने,‘मेलम्ची खानेपानीको सुरूङ बन्द गर्ने हल्ला छ। त्यो चाहिँ बाढीको कारणले गर्दाखेरी हिलो आउने, अनि भत्किने कारणबाट अहिले ठूलो बाढी नआएकाले यसलाई बन्द गरिएको छैन। केही समयपछि बन्द हुने कुरा पनि छ। त्यसपछि त्यहाँको पानीको समस्या समाधान गर्नका लागि हामीले अन्य विकल्पहरू पनि सोचिएको कुरा म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु।’

    मन्त्री राईले मेलम्चीको लार्के र याङ्ग्री खोलाबाट पनि पानी ल्याउने तयारी सुरू गरिएको बताए। न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार