२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

'सिटी एक्सप्रेस'ले ल्यायो दसैँ तिहार उपहार योजना

'सिटी एक्सप्रेस'ले ल्यायो दसैँ तिहार उपहार योजना

साझा पोष्ट
मंगलबार, असोज १ २०८१
  • images
    images
    'सिटी एक्सप्रेस'ले ल्यायो दसैँ तिहार उपहार योजना

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीको महान् चाड २०८१ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै उपहार योजना घोषणा गरेको छ । 


    images

    सिटी एक्सप्रेसले लगातार ९० दिन सम्म चल्ने '८ औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा' उपहार योजना ल्याएको हो । 

    सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई  जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउनेछन । 

    कम्पनीका अनुसार  '१८ औँ वर्षमा १८ गुणा , परिवार मा खुसी लाखौँ गुणा' अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने कम्पनीले जनाएको छ ।

     कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिति थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार