२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबिएमसी आइडिया एक्स २०२४’ हुने

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबिएमसी आइडिया एक्स २०२४’ हुने

बिहीबार , असोज १० २०८१
  • images
    images
    मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबिएमसी आइडिया एक्स २०२४’ हुने

    काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले सूचना प्रविधिमा अध्‍ययनरत विद्यार्थीहरूको प्रतिभा उजागर गराउन ‘एमबिएमसी आइडिया एक्स २०२४’ आयोजना गर्ने भएको छ ।


    images

    बिहीबार पत्रकार सम्‍मेलन गरी भोलिदेखि (असोज११- १३ गतेसम्म) दोस्रो संस्करणको हृयाकाथन गर्न लागिएको मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिए ।

    यसअघि पहिलो संस्करण गत वर्ष २०८० असोज १९ देखि २१ गतेसम्म सञ्चालन भएको थियो । उक्त संस्करणमा आदिवासी भाषाहरूको संरक्षण, प्रवद्र्धन र पुनरुत्थान गर्ने लक्ष्य राखिएको थियो । ‘भाषा जीवन हो, जीवन नै भाषा हो’ भन्ने मूल नाराका साथ युनेस्को नेपालसँगको सहकार्यमा देशभरिबाट ५० भन्दा बढी प्रतिस्पर्धीहरूको सहभागितामा ४८ घण्टाको अनसाइट ह्याकाथन सम्पन्न गरिएको थियो ।

    ‘ह्याकाथनमा नेपाल र विदेशका गरि कुल २३ टिम सहभागी रहने छन । जसमा एक सय भन्दा बढि विद्यार्थीको सहभागीता रहने छ । प्रतिष्पर्धाबाट ६ ओटा विभिन्न विधामा आधारित रहि विजेत चयन गरिनेछ।’ क्याम्पस प्रमुख अधिकारीले भने ।

    उनका अनुसार ३ दिनसम्‍म चल्‍ने उक्त आइडिया एक्समा नेपाल तथा भारतका १ सयभन्दा बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरूले वातावरण प्रविधि, स्वास्थ्य र पहुँच, विकेन्द्रीकरण, साइबर सुरक्षा, पर्यटन, वित्तीय प्रविधि, कृषि प्रविधि लगायतका विधाहरूमा प्रतिस्पर्धा हुनेछ ।

    प्रतिस्पर्धामा विधागत विजेता र समग्र विजेतालाई दश हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रम अवधिभर सबै भाग लिने प्रतिस्पर्धीहरु विशेषज्ञहरुसँग अन्तरक्रिया गरी आपसमा नयाँ विचारहरुको सिजर्ना गर्ने एमबीएम कलेजका विज्ञान तथा प्रविधि विभागका प्रमुख फूलबाबू झाले दाबी गरे ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार