२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता

साझा पोष्ट
बुधबार, कात्तिक १४ २०८१
  • images
    images
    ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता

    काठमाडौं  । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ ।


    images

    यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

    युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ । यसरी युएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत पठाएको पैसा ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू वा नेपालभरि रहेको आइएमई लिमिटेडको ५०,००० भन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

    global-bank -2.jpg

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार