२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी

नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी

साझा पोष्ट
शनिबार, मंसिर २९ २०८१
  • images
    images
    नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी

     काठमाडौं । नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी भएकी छन् । शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहको प्यानल नै विजयी भएको हो ।
     निर्वाचित शर्माले दुई हजार एक सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी गङ्गाकुमारी थापाले एक हजार तीन सय ७० र वसन्ती थापाले दुई सय ८२ मत प्राप्त गरिन् । वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा दुई हजार ६० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले एक हजार पाँच सय ९७ मत पाईन् । 
     यसैगरी, उपाध्यक्षमा बबिता घिमिरे दुई हजार ११ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी मनिषा कोइरालाले एक हजार पाँच सय ७० मत प्राप्त गरिन् । 
     महासचिवमा डा देवकाकुमारी आचार्य एक हजार सात सय ३३ मतसहित विजयी हुनुभयो भने प्रतिस्पर्धी मीनाकुमारी कार्कीले एक हजार तीन सय ४७ र जानकी धामीले ६ सय २२ मत ल्याएकी छन् । । सचिवमा  बेली पौडेल दुई हजार ९० मत प्राप्त गरी निर्वाचित भएकी छन् । प्रतिस्पर्धी जया मिश्राले एक हजार पाँच सय ७३ मत प्राप्त गरिन् । कोषाध्यक्षमा तुलसादेवी अधिकारी दुई हजार एक सय ८८ मत ल्याएर विजयी भईन भने प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली)ले एक हजार चार सय ८२ मत प्राप्त गरिन् । 
     यसैगरी, खुल्ला सदस्यमा मेनुका पोखरेल,आदिवासी/जनजातितर्फ कला बस्याल गुरुङ र हरिप्रसाद कोजु, दलिततर्फ कोपिला विश्वकर्मा, मधेशी\मुस्लिमतर्फ पासपति जैसवाल र सवेनाज बेगम, अनमीतर्फ जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा विजयी भएका छन् छ । नेपाल नर्सिङ परिषद सदस्यतर्फ राजदेवी अधिकारी घिमिरे, सुमिता पाठक र राधादेवी आचार्य विजयी भईन । 


    images

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार