२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

अमेरिकाको न्यूजर्सीमा ‘नेपाल डे’ मनाइँदै, सफल पार्न पर्यटन प्रवर्द्धक श्रेष्ठको अपिल

अमेरिकाको न्यूजर्सीमा ‘नेपाल डे’ मनाइँदै, सफल पार्न पर्यटन प्रवर्द्धक श्रेष्ठको अपिल

साझा पोष्ट
बिहीबार , जेठ १५ २०८२
  • images
    images
    अमेरिकाको न्यूजर्सीमा ‘नेपाल डे’ मनाइँदै, सफल पार्न पर्यटन प्रवर्द्धक श्रेष्ठको अपिल

    काठमाडौं । अमेरिकाको न्यूजर्सीमा 'नेपाल डे' कार्यक्रम गरिने भएको छ । न्यूजर्सीमा रहेका विभिन्न संघसंस्थाको आयोजनामा यही शनिबार न्यूजर्सीको फेरलन सिटीमा कार्यक्रम गर्न लागिएको हो ।


    images

    नेपाल सरकारका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले बक्तव्य  निकालेर 'नेपाल डे' मा सहभागि भई कार्यक्रम सफल पार्न डायस्पोराका सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन् ।

    'हाम्रो पहिचान, कला, संस्कृति र सभ्यताको आफ्नै इतिहास र विरासत सगरमाथाजस्तै उँचो छ । यो गौरवशाली इतिहास र विरासतको सम्र्बद्धन नेपालमा मात्र नभई नेपालीहरु रहेका हरेक ठाँउबाट हुँदै आएको छ । जहाँ रहे पनि हामी नेपाली हौं । हामीलाई हाम्रो भाषा, संस्कृति, परम्परा र सभ्यता प्राण भन्दा पनि प्यारो छ ।’ उनले भनेका छन् । 

    ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैर आवासीय नेपाली संघ, अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपालसहित विभिन्न सामाजिक संघसंस्था र नेपाल सरकार पर्यटन प्रवद्र्धक, न्यूयोर्कको सहकार्यमा पहिलो पटक 'नेपाल डे' हुन लागेको हो ।

    कार्यक्रमले नेपालको मौलिक भेषभुषा, कला, संस्कृतिको प्रबद्र्धनसंगै नेपाल र अमेरिकाको सम्बन्धलाई जनस्तरमा पुर्याउन मद्दत गर्ने प्रवद्र्धक श्रेष्ठको दाबी  छ ।

    'कार्यक्रम सफल बनाउनु तपाईं–हामी सबै नेपालीको दायित्व हो । कार्यक्रममा सहभागिता जनाएर नेपाली एवं नेपाली मूलका अमेरिकी नागरिकहरुले अपनत्व महशुस गराउने ऐतिहासिक अवसर पनि हो ।’ श्रेष्ठले वक्तव्यमा भनेका छन् । 


    श्रेष्ठले नेपाल डे परेडमा सम्पूर्ण नेपाली समुदायका महानुभावहरुलाई सहभागिताका लागि आव्हान गर्दै सवै मिलेर सगरमाथाको देश, बुद्ध जन्मेको पवित्र भूमि नेपाल र नेपालीको कला–संस्कृति विश्वभर फैलाउन र गौरवशाली विरासतको प्रबद्र्धनमा आ–आफ्नो तर्फबाट योगदान पु¥याउन आग्रह गरेका छन् । 


    कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता हुने आयोजकको दावी छ । त्यस्तै कार्यक्रममा नेपाली कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी समेत गरिनेछ । कार्यक्रमका लागि राजेन्द्र श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको छ भने सतेन्द्र शाहलाई कन्भेनर तोकिएको छ ।

    gokul.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार