२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट

साझा पोष्ट
बिहीबार , साउन १ २०८२
  • images
    images
    एनआईसी एशिया बैंकका ग्राहकलाई नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीहरूले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने भएका छन् । एनआईसी एशिया बैंकले  र होम स्टेबीच त्यस्तो सुविधा दिने गरी सम्झौता भएको हो । 


    images

    यस सम्झौतासँगै अब एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीहरूले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

    चाँगुनारायण, भक्तपुरमा रहेको नगरकोट सामुदायिक होमस्टेको सेवा लिई ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ सेवामार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सकिने बैंकले जनाएको छ । 

    वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तीकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायिक होमस्टेबीचको यस साझेदारीले ग्राहकहरूलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार