काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले अब कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंक र कैलाली हस्पिटल प्रा.लि.बीच भएको सम्झौतापछि धनगढीस्थित सो हस्पिटलमा उपचार लिँदा डिजिटल भुक्तानी गर्ने ग्राहकले विशेष छुटको सुविधा पाउने भएका हुन्।
यस अन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा छुट लागू हुने बैंकले जनाएको छ।
एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राजखनियाका अनुसार यस सहकार्यले बैंकका ग्राहकलाई उपचारमा सहयोग पुग्ने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रणालीलाई प्रबद्र्धन गरी नगदरहित कारोबारतर्फ टेवा पुग्ने विश्वास लिएको छ।


