२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

टिपर दुर्घटना हुँदा पाल्पामा ४ जनाको मृत्यु

टिपर दुर्घटना हुँदा पाल्पामा ४ जनाको मृत्यु

साझा पोष्ट
आइतबार, चैत ८ २०८२
  • images
    images
    टिपर दुर्घटना हुँदा पाल्पामा ४ जनाको मृत्यु

    बुटवल । पाल्पामा शनिबार साँझ  टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । तीन जनाको घट्नास्थल र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


    images

    अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय  चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको घट्नास्थलमै र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएको हो । 

    शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार