२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ओलीलाई पक्राउ गरिएकोमा विरोध गर्दै प्रतिवादमा उत्रियो एमाले

ओलीलाई पक्राउ गरिएकोमा विरोध गर्दै प्रतिवादमा उत्रियो एमाले

साझा पोष्ट
शनिबार, चैत १४ २०८२
  • images
    images
    ओलीलाई पक्राउ गरिएकोमा विरोध गर्दै प्रतिवादमा उत्रियो एमाले

    काठमाडौं । आफ्ना अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा नेकपा एमालेले देशव्यापी प्रदर्शन गरेको छ । विहान ओलीलाई बालेन सरकारले पक्राउ गरे लगत्तै सडकमा उत्रिएका एमालेका कार्यकर्ताले दिनभर र बेलुकी पनि प्रदर्शन गरे ।  


    images

    एमालेले राजनीतिक, संसदीय र कानुनी क्षेत्रबाट प्रतिवाद अगाडि बढाउने निर्णय गरे लगत्तै एमाले कार्यकर्ताले आक्रोशित बने । एमाले कार्यकर्ताले गिरफ्तारी दिनुका साथै तोडफोडमा उत्रिएकाले आन्दोलन चर्किने देखिएको छ । बेलुकी ओलीको रिहाईको माग गर्दै देशभर एमालेले मशाल जुलुश निकालेको छ । 

    uml_babarmahal_8.jpeg

    त्यसैगरी भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई  विरोधपत्र बुझाउनुका साथै लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने निर्णय गरेको छ।
    एमालेले नागरिक समाज र आम जनसमुदायको सहकार्यमा आन्दोलन अघि बढाउने निर्णय पनि गरेको छ। 

    उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राजनीतिक दलसँग सहकार्यको पहल गर्नेछन् । अर्का उपाध्यक्ष बादलको नेतृत्वमा संसदीय क्षेत्रबाट प्रतिवादको पहलकदमी लिने निर्णय गरिएको छ । संसदीय दलहरूसँगको संवादको संयोजनको जिम्मेवारी अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ भने कानुनी प्रतिवादको संयोजन गर्ने  जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्टले पाएका छन् ।

    uml_babarmahal_3.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार