२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सर्वोच्चको फैसलाप्रति देउवा पक्ष असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत

सर्वोच्चको फैसलाप्रति देउवा पक्ष असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत

साझा पोष्ट
आइतबार, वैशाख ६ २०८३
  • images
    images
    सर्वोच्चको फैसलाप्रति देउवा पक्ष असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत

    काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने सर्वोच्चको फैसला विरोधाभासपूर्ण, अदालतका आफ्नै नजिर तथा निर्वाचन आयोगले कायम गरेका अभ्यासविपरित रहेको टिप्पणी गरेको छ ।


    images

    आईतवार पूर्णबहादुर खड्काकाे घरमा भएको छलफलमा सर्वोच्चको फैसलामा असन्तुष्टि जनाउँदै नेताहरुले पुनरावलोकनमा जाने सुझाव दिएको नेता मिन विश्वकर्माले बताए ।

    गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने सर्वोच्चको फैसला संविधान, प्रचलित कानून र नेपाली काँग्रेसको विधानसँग समेत बाझिने प्रकृतिको रहेको समेत उनको टिप्पणी छ ।

    अदालतले कानूनी रूपमा विवाद समाधान गरेपनि पार्टीलाई सुदृढ बनाउने विषय अझै चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

    उनले पार्टी एकताको पहल तत्काल आवश्यक रहेको औँल्याउँदै विशेष महाधिवेशनबाट आएको कार्यसमिति र सभापति गगनकुमार थापाले नेतृत्वदायी भुमिका खेल्नुपर्ने जिकिर गरे ।

    उनले भने, पार्टीको आन्तरिक विवादका सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको छ । सर्वोच्च अदालतले गरेको फैसला आफैंमा विरोधाभासपूर्ण र आफ्नै नजिरहरुका विपरितमा र निर्वाचन आयोगले आफैंले कायम गरेका नजिरहरुका पनि विरुद्धमा छ । र झट्ट हेर्दाखेरी संविधान, कानून र नेपाली काँग्रेसको विधानसँग पनि बाझिने आदेशलाई हामीले  थुप्रै असहमतिका आधारहरु हुँदाहुँदै पनि हामीले न्यायपालिकाको निर्णय मान्ने कुरा यसअघि पनि बताइसकेका छौँ । आज पनि सर्वोच्चले गरेको निर्णयलाई मानेर जाने र यसमा भएका असहमतिहरुलाई चाँही प्रकट गर्नैपर्छ भन्ने कुरा भयो । अदालतको निर्णयले कानूनी रुपमा विवाद निरुपण गरेपनि पार्टीलाई मजबुत बनाएर कसरी अघि बढ्ने भन्ने कुरामा एकताको पहल हुनुपर्छ । यसका लागि विशेष महाधिवेशनबाट आएको कार्यसमिति र सभापतिृ गगनकुमार थापाले पहल गर्नुपर्दछ । यसमा उहाँहरुले ढिलाई गर्नुभयो भने पार्टीमा गम्भीर क्षति पुग्नसक्छ । अब चाँडै नै निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बस्नेछ । सबै तहको बैठक बसेर हामी राष्ट्रिय भेला गर्छौँ । सँगसँगै सर्वोच्च अदालतबाट भएको फैसला चित्त बुझेको छैन । त्यसलाई स्वीकार गर्दै पुनरावलोकनमा पनि जाने कि भन्ने सुझाव आएको छ ।’

    उनले निकट भविष्यमा निवर्तमान केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको बैठक बस्ने जानकारी दिँदै सबै तहका संरचनालाई समेटेर राष्ट्रिय भेला आयोजना समेत बताए ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार