२०८३, असोज २३ गते

शुक्रबार, असोज २३ गते २०८३

शुक्रबार, असोज २३ गते २०८३

सांसदलाई रवि लामिछानेको निर्देशन: माननीय सम्बोधन नगर्नू

सांसदलाई रवि लामिछानेको निर्देशन: माननीय सम्बोधन नगर्नू

साझा पोष्ट
बुधबार, वैशाख १६ २०८३
  • images
    images
    सांसदलाई रवि लामिछानेको निर्देशन: माननीय सम्बोधन नगर्नू

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुनै पनि कागजातमा माननीय सम्बोधन नगर्न सांसदलाई निर्देशन दिएका छन्। 


    images

    बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएका अनौपचारिक छलफलमा सभापति लामिछानेले सांसदलाई निर्देशन दिएका हुन्। उनले सबै सांसदको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएका छन्। 


    त्यस्तै, सभापति लामिछानेले सांसदलाई मेन्टर र सल्लाहकारको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाएका छन्। आउँदो स्थानीय तहको निर्वाचनका लागि कसैसँग पनि टिकटको कुरा नगर्न भनेका छन्। आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि ‘क्यान्डिडेट क्लब’को अभ्यास गर्न लागिएको उनले बताए। 

    त्यसैले कसैलाई पनि टिकट प्रतिबद्धता नगर्न निर्देशन छन्। ‘कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ,’ लामिछानेले भनेका छन्। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार