२०८३, असोज २३ गते

शुक्रबार, असोज २३ गते २०८३

शुक्रबार, असोज २३ गते २०८३

रवि लामिछानेले गरे अध्यादेशको बचाउ, संवैधानिक आयोगहरूमा काम गर्न कठिन हुँदै गएको गुनासो

रवि लामिछानेले गरे अध्यादेशको बचाउ, संवैधानिक आयोगहरूमा काम गर्न कठिन हुँदै गएको गुनासो

साझा पोष्ट
बुधबार, वैशाख १६ २०८३
  • images
    images
    रवि लामिछानेले गरे अध्यादेशको बचाउ,  संवैधानिक आयोगहरूमा काम गर्न कठिन हुँदै गएको गुनासो

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले संवैधानिक आयोग र नियोगहरूबाट व्यवहारिक निर्णय गर्न कठिनाइ हुँदै गएको बताउँदै अध्यादेशको बचाउ गरेका छन् । 
    रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा सम्बोधन गर्दै उनले अब  जनअपेक्षाअनुसार काम गर्न नम्र राजनीतिक आक्रामकता देखाउने बताएका छन् ।
    धेरै कुरामा समय कुरेर बस्न नसक्ने उनले प्रष्ट पारेका छन् । ‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन । जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ ।’


    images

    उनले विगतका सरकारले अध्यादेश ल्याउँदा दल विभाजन र विपक्षीलाई थुन्न ल्याएको आरोप लगाउँदै यसपटक गलतलाई सच्याउन अध्यादेश ल्याइएको बताए ।

    ‘बिगतमा भएको अनावश्यक दलियकरण र गलत नियुक्तिलाई नसच्याए सम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा गर्न सकिँदैन। पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन यो आवस्यक सुधारको लागि हो,’ उनले सांसदहरूलाई भने, ‘यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो । कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुरा को सुचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ ।’


    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार