२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपाल 'ए'ले अमेरिकालाई पनि हरायो

नेपाल 'ए'ले अमेरिकालाई पनि हरायो

साझा पोष्ट
शुक्रबार, वैशाख २५ २०८३
  • images
    images
    नेपाल 'ए'ले अमेरिकालाई पनि हरायो

    काठमाडौं ।  नेपाल 'ए'ले एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई ३ विकेटले हराएको छ। नेपाल ‘ए’ को यो लगातार दोस्रो जित हो।  पहिलो अभ्यास खेलमा नेपाल 'ए' ले बिहिबार स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको थियो । 


    images

     

    अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल 'ए' ले ४९.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।  नेपालको जितमा मयन यादवले  उत्कृष्ट  ब्याटिङ गरे ।  मयन यादवले ८० बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । मयनले पाँचौ विकेटका लागि कुशल मल्लसँग ९५ रनको महत्वपुर्ण साझेदारी गरे । 


    कुशल ४९ बलमा ३३, कप्तान अनिलकुमार साह २७, सन्दीप जोरा ३६, बसिर अहमद १८ तथा तृतराज दास २३ रनमा आउट हुँदा पवन सरार्फ २४ रनमा अविजित रहे । अमेरिकाका लागि मिलिन्द कुमारले २ तथा नोस्तुष केन्जिके, रुशिल उगारकर, सञ्जय कुष्णमुर्थी, सौरभ नेत्रभाल्कर र हरमित सिंहले समान १ विकेट आफ्नो नाममा गरे ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६२ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।

    अमेरिकाका लागि स्मित पटेलले १०८ बलमा १० चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ११६ रनको शतकीय इनिङ खेलेका थिए । पटेलले शतकीय इनिङ खेले पनि अन्य ब्याटरले खास प्रदर्शन गर्न सकेनन् । 

    कप्तान मोनांक पटेल २०, शुभम रञ्जने १६, सञ्जय कृष्णमुर्थी १५ तथा साइतेजा मक्कमल्ला १० रनमा आउट भएका थिए । हरमित सिंह २५ तथा जसदिप सिंह ३३ रनमा अविजित रहे  । अमेरिकाले पछिल्लो १८ बलमा ४२ रन जोडेको थियो ।

    नेपाल 'ए' का लागि पवन सरार्फले २ तथा नारायण जोशी, रशिद खान, शेर मल्ल, बसिर अहमद, शाहब आलम र विपिन खत्रीले समान १ विकेट आफ्नो नाममा गरे । तेस्रो अभ्यास खेलमा शनिबार  नेपाल 'ए' ले स्कटल्याण्डको सामना गर्नेछ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार