२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

साझा पोष्ट
शुक्रबार, साउन २९ २०८३
  • images
    images
    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    काठमाडौं,साउन २९ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले भविष्यको योजना र टोलीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनाइएको बताएका छन्।


    images

    शुक्रबार काठमाडौँमा आयोजित क्रिकेट टीमको बिदाइ कार्यक्रममा बोल्दै उनले नेतृत्व परिवर्तनले टोलीमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र युवा खेलाडीहरूलाई अवसर प्रदान गर्ने बताए।

    उनले भने, ‘रोहित पौडेल नेपालका सर्वाधिक सफल कप्तान हुन् र उहाँकै नेतृत्वमा हामीले ऐतिहासिक सफलताहरू हासिल गरेका छौँ। तर भविष्यको योजना र टोलीको स्तरवृद्धिका लागि नेतृत्वमा यो हेरफेर गरिएको हो। यसले टोलीमा थप प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र युवा खेलाडीहरूलाई अवसर प्रदान गर्ने हाम्रो विश्वास छ।’

    क्यानले केही दिनअघि रोहितलाई हटाएर सन्दीपलाई एकदिवसीय फर्म्याटको कप्तान बनाएको थियो। टी–२० फर्म्याटको कप्तान दीपेन्द्र सिंह ऐरी छन्।

    सचिव खड्काले टोली शुक्रबार नै भारत प्रस्थान गर्न लागेको बताए। भारतमा विशेष तयारी गरेपछि टोली उतैबाट सिधै मलेसिया जाने कार्यक्रम तय भएको छ।

    मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ।यो प्रतियोगिता एशिया कप छनोटको आधारसमेत हो।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार