काठमाडौं । इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोली नेपाल आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। सन् २०२७–३१ को साइकलमा इङ्ल्यान्ड र नेपालबीचको सिरिज टियु क्रिकेट स्टेडियममा हुने भएको हो ।
क्यानका सचिव पारस खड्काले इएसपिएन क्रिकइन्फोलाई उधृृत गर्दै नेपाल र इङ्गल्याण्डबीचको टि–ट्वान्टी सिरिज क्रिकेट स्टेडियममा गर्नका लागि तयार रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
नेपाल र इङ्ल्यान्ड पछिल्लो पटक भारत र श्रीलंकामा आयोजना भएको टि ट्वान्टी विश्वकपमा खेलेका थिए । मुम्बईको वानखेडेमा भएको खेलमा नेपाल इङ्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको थियो।
त्यो खेलमा नेपाल जितको निकै नजिक पुगेर पराजित भएपनि विश्व क्रिकेटमा हलचल ल्याएको थियो।


