काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले नेपाललाई २ सय ४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन जोड्यो। जर्ज मुन्सीले ७७, माइकल फिन्ले म्याकक्रेथले ३५, माइकल इङ्लिसलले नटआउट ३४ रन जोड्दा माइकल लिस्कले २९, मार्क वाटले २४ तथा म्याथ्यु क्रसले १८ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडेनसहित ४१ रन खर्चेर चार विकेट लिए। करण केसीले ८ ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए भने नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। गर्दै स्कटल्याण्डले उत्कृष्ट शुरुवात गर्दै विना क्षति ११४ रन बनाएर नेपालमाथि दबाब बनाएको थियो ।
तर सन्दीपले आफ्नो बलिङको जादु देखाउँदै एकै ओभरमा २ सहित चार विकेट लिएपछि नेपाल खेलमा फर्कियो । सन्दीपले ७५ रन बनाएर खेलिरहेका ओपनर भने जर्ज मुन्सेलाई आउट गर्दै साझेदारी ब्रेक गरे भने ११६ रनमा फिन्ले मेकक्रेथ (३५)लाई आउट गरे ।
त्यसपछि उनले ब्राण्डन मेकमुलेन (७) र रिची बेरिंगटन (५)लाई आफ्नो शिकार बनाए । ११६-० मा रहेको पाहुना टोली सन्दीपको उत्कृष्ट प्रदर्शनमा १२८-४ को अवस्थामा पुग्यो ।


