२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

इशानले ओडिआईमा डेब्यु गर्दै, अमेरिकाविरुद्ध पाए मौका

इशानले ओडिआईमा डेब्यु गर्दै, अमेरिकाविरुद्ध पाए मौका

साझा पोष्ट
शनिबार, जेठ २ २०८३
  • images
    images
    इशानले ओडिआईमा डेब्यु गर्दै, अमेरिकाविरुद्ध पाए मौका

    काठमाडौं । टप अर्डरका ब्याटर डा.इशान पाण्डेले आज एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने भएका छन्। उनले आइसिसी वल्ड कप लिग २ को सिरिज अन्तर्गत आज अमेरिकाविरुद्धको खेलमा उनले मौका पाएका छन् । उनले वान डाउन ब्याटिंग गर्नेछन् । 


    images


    टियु क्रिकेट स्टेडियममा टोलीका सिनियर खेलाडी करण केसीले इशानलाई डेब्यु क्याप दिए।  पछिल्लो समय इशानले नेपाल ‘ए’ बाट उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । उनले ओमान विरुद्धका दुई र स्कटल्याण्ड विरूद्धको एक खेलमा  अर्धशतक बनाएका थिए।


    राष्ट्रिय टि-ट्वेन्टी टिमबाट उनले  सन् २०१९ मा सिंगापुरमा जिम्बाब्वेविरुद्ध डेब्यु गरेका थिए। टि-ट्वेन्टी आईमा उनले अहिले सम्म ४ खेल खेलेका छन्।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार