२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

साफ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली घोषणा, एन्जिलाको कप्तानीमा को-को परे ?

साफ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली घोषणा, एन्जिलाको कप्तानीमा को-को परे ?

साझा पोष्ट
शनिबार, जेठ २ २०८३
  • images
    images
    साफ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली घोषणा, एन्जिलाको कप्तानीमा को-को परे ?

    काठमाडौं । भारतमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार साफ च्याम्पियनसिप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो।


    images

    अन्तिम टोलीमा दुई खेलाडी  अनिता लम्जेल र बिर्सना चौधरीले पहिलोपटक स्थान बनाएका छन्। तीन खेलाडीले भने पुनरागमन गरेका छन्। अघिल्लो टिमबाट दुई खेलाडी भने बाहिरिएका छन्। 

    यस्तै गीता राना, सविना चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका छन् भने टोलीका नियमीत खेलाडी सरस्वती हमाल र मनमाया दमाईं भने बाहिरिएका छन्। 

    भारतको गोवामा हुने साफ च्याम्पियनसिपमा नेपाल श्रीलंका र भुटान रहेको समूह ‘ए’मा छ। समूह ‘बी’मा साबिक विजेता बंगलादेश, भारत र मालदिभ्स छन्। 

    साफ समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल जेठ ११ गते भुटानसँग भिड्नेछ। त्यही दिन समूह ‘बी’का मालदिभ्स र भारत खेल्ने तालिका छ। 

    त्यस्तै जेठ १४ गते श्रीलंका र भुटान तथा बंगलादेश र मालदिभ्स खेल्नेछन्। जेठ १७ गते नेपाल र श्रीलंका तथा भारत र बंगलादेश प्रतिस्पर्धा गर्नेछन्। 

    सेमिफाइनल खेल जेठ २० गते तथा उपाधि भिडन्त जेठ २३ गते शनिबार हुनेछन्। साफ च्याम्पियनसिपका खेलहरू भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा हुनेछन्।

    नेपालको अन्तिम टोली
    एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, पूजा राना, गीता राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, रश्मी घिसिङ, रेखा पौडेल, निशा थोकर, सविना चौधरी, रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, पूर्णिमा राई र मीना देउवा।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार