काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण भदौ २० गतेदेखि सुरु हुने घोषणा गरिएको छ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आज काठमाडौंमा एक कार्यक्रमकाबिच नयाँ संस्करणको औपचारिक घोषणा गरेको हो । यसपटकदेखि प्रतियोगितालाई नयाँ ढाँचामा सञ्चालन गरिने जानकारी पनि दिइएको छ ।
यो संस्करणमा एनएसएल होम एन्ड अवे प्रणालीमा खेलाइनेछ। यसअघि प्रतियोगिता केन्द्रीय स्थलमा मात्र आयोजना हुँदै आएको थियो। नयाँ ढाँचासँगै टोलीहरूले आफ्नै घरेलु मैदानमा पनि खेल खेल्न पाउनेछन्।
त्यस्तै, प्रतियोगितामा सहभागी हुने टोलीको संख्या पनि बढाइएको छ। अघिल्लो संस्करणसम्म ७ टोली सहभागी हुँदै आएका थिए भने यसपटक टोली संख्या बढाएर १० देखि १२ टोली पुर्याउने घोषणा गरिएको छ।


