२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सम्पत्ति छानबिन आयोगलाई बयान नदिने ओलीको घोषणा

सम्पत्ति छानबिन आयोगलाई बयान नदिने ओलीको घोषणा

सरकारप्रति आक्रोशः आगो लगाएर पुगेन ? अब सम्पत्ति विवरण पनि चाहियो , खरानी छ, उठाएर लैजा !

साझा पोष्ट
बुधबार, जेठ २० २०८३
  • images
    images
    सम्पत्ति छानबिन आयोगलाई बयान नदिने ओलीको घोषणा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबीन आयोगलाई बयान नदिने बताएका छन् ।


    images

    राजधानीमा आयोजित एक कार्यक्रम मार्फत ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने घोषणा गरेका हुन् ।  ‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,’ ओलीले भने, ‘त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ । जे जे गर्न सक्छ, गरोस् ।’

    सरकारले प्रतिशोध साँधिरहेको भन्दै उनले आक्रोश व्यक्त गरे । 'कसैको अचाक्ली सम्पती देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाइएका ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने हो भने, म सम्पती विवरणको सट्टा खरानी नै भरिदिन्छु । फेरि आगो लगाएर पुगेन, अब सम्पती विवरण पनि चाहियो रे ! खरानी छ, उठाएर लैजा सरकार । केको सम्पती विवरण ?' उनले भने  ।

    आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि उनले बताए । ‘…मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,’ उनले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?,’ उनले भने ।

    विपक्षीलाई फसाउन आयोग गठन गरिएकाले बयान नदिने बताए । 'यो राज्य, राज्य होइन; यो पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो । देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित भवितव्यले बनेको संरचना हो । यसले विपक्षीलाई फसाउनका लागि यस्ता क्रियाकलाप गरिरहेको छ । त्यो कुरा स्वीकार्य हुन सक्दैन । तसर्थ, यस्ता क्रियाकलापमा राज्य नजाओस् । संवैधानिक बाटो र संवैधानिक तरिकामा फर्कियोस्, प्रतिशोधको बाटोमा होइन । ' उनले भने । 

    विगतका घटनाहरूको स्मरण गर्दै अध्यक्ष ओलीले भदौ २३ गतेको घटना नियोजित भएको र त्यसमा तत्कालीन प्रधानमन्त्री वा गृहमन्त्रीको कुनै संलग्नता नरहेको दाबी गरे । 


    उनले भने, ‘फेरि सरकारले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनाएको आयोग वा समिति जे होस्, त्यो कुनै संवैधानिक आयोग वा समिति होइन । ज्ञानेन्द्र शाहले माघ १९ गतेको ‘कू’ पछि विरोधीलाई फसाउनका लागि जसरी सो–कल्ड आयोग बनाएका थिए, अहिले पनि त्यही प्रवृत्ति देखिएको छ । संवैधानिक निकायहरू छन्, कानूनी निकायहरू छन्, राज्यका स्थायी निकायहरू छन् । हुँदा–हुँदै नयाँ आयोग बनाउने, तर नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, कसैलाई छानबिन नगर्ने, अनि केपी ओली र रमेश लेखकलाई फसाउने वा पुराना पार्टीका जसलाई चाहिन्छ, तिनैलाई फसाउनका लागि यो आयोग बनाइएको हो । फेरि पनि म भन्न चाहन्छु, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ । अरू कसैले बयान दिए पनि म भने बयान दिन्नँ । जे–जे गर्न सक्छ, गरोस् ।' 

    अध्यक्ष ओलीले राज्यका निकायहरूले निष्पक्ष रूपमा अकुत सम्पत्तिमाथि छानबिन गरेमा आफूलाई आपत्ति नहुने, तर प्रतिशोधका आधारमा हुने कुनैपनि छानबिनमा सहभागी नहुने अडान स्पष्ट पारे ।
    ' गौरीबहादुर कार्की आयोगबारे पनि मैले धेरै ठाउँमा भन्ने गरेको छु । २३ गतेको घटना, २३ गतेको हत्याकाण्ड, उनीहरूकै आयोजनामा गराइएको थियो । कसले गोली चलायो, थाहा छैन। गोली चलाउने को हो, थाहा छैन । अनि प्रधानमन्त्री र गृहमन्त्री त्यो घटनास्थलमै छैनन्, तर उनीहरूमाथि आरोप लगाइएको छ । त्यो आरोप पुष्टि गर्ने कुनै आधार छैन । तपाईं–हामी सबैले यो कुरामा विचार गर्नसक्छौँ ।’ उनले भने ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार