काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसद्मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छन ।
९० प्रतिशत सनातनीहरू बसोबास गर्ने गरेकोले यसआधारमा आफूले नेपाल सनातन राज्य हुनुपर्ने भनेर संसद्मा राखेको बताइन् ।
‘नेपाल सनातन राज्य हुनुपर्ने भनेर मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित रुपमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, बलात्कार गर्ने धम्की, अक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साइरहेको छ’ उनले भनिन् ।
सांसद ओलीले आफूले व्यक्तिगत रूपमा धम्की सहन सक्ने भएपनि यसलाई केवल आफ्नो विरुद्धको आक्रमणका रूपमा नभई सम्पूर्ण सनातनी समुदायमाथिको प्रहारका रूपमा लिनुपर्ने उनले बताईन् ।


