काठमाडौं । अमेरिका र इरानले युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मशुद पेजिस्कियानले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
बीबीसीका अनुसार ट्रम्पले फ्रान्सको इभियन-लेस-बेन्समा आयोजित जी-७ शिखर सम्मेलनमा भाग लिँदै सम्झौतामा हस्ताक्षर गरेका हुन्।
त्यसपछि इरानका राष्ट्रपति पेजेस्कियानले इरानसँगको सम्झौतामा इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरे। नेपाली समयअनुसार बिहीबार बिहान दुई नेतारूले हस्ताक्षर गरेपछि यो सम्झौता तुरुन्तै लागु भएको छ।
यो सम्झौताले इरानमा युद्ध र लेबनानमा द्वन्द्व अन्त्य गर्नेछ, साथै होर्मुज स्ट्रेट पुनः खोलिनेछ र अमेरिकी नौसेना नाकाबन्दी अन्त्य गरिनेछ।
१४-बुँदे सम्झौतामा इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने उल्लेख गरिएको छ। यस्तै पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब डलर कोष स्थापना गरिने कुरा पनि सम्झौतामा छ। यद्यपि अमेरिकाले यसमा योगदान गर्न अनिवार्य नभएको जनाइएको छ।
शान्ति सम्झौतामा शुक्रबार (जुन १९ मा) जेनेभानजिकै लुसर्नमा हस्ताक्षर गर्ने तालिका थियो, तर फ्रान्सको भर्साइल्स दरबारमा निर्धारित मितिभन्दा एक दिनअगाडि नै हस्ताक्षर गरिएको हो।


