२०८३, कात्तिक १८ गते

मंगलबार, कात्तिक १८ गते २०८३

मंगलबार, कात्तिक १८ गते २०८३

अमेरिकामा आज मध्यावधि चुनाव, परीक्षामा राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकामा आज मध्यावधि चुनाव, परीक्षामा राष्ट्रपति डोनाल्ड ट्रम्प

साझा पोष्ट
मंगलबार, कात्तिक १८ २०८३
  • images
    images
    अमेरिकामा आज मध्यावधि चुनाव, परीक्षामा राष्ट्रपति डोनाल्ड ट्रम्प

    काठमाडौं, कात्तिक १७ । अमेरिकामा आज (नोभेम्बर ३ तारिख) मध्यावधि निर्वाचन हुँदै छ। नेपाली समयअनुसार अपराह्न साढे ४ बजेतिर मतदान सुरु हुनेछ।


    images

    यो चुनावअन्तर्गत अमेरिकी संसद्‌को तल्लो सदन 'हाउस अफ रिप्रेजेन्टेटिभ्स' (प्रतिनिधि सभा) का सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुनेछ। 

    अमेरिकामा राष्ट्रपति चुनावको ठिक दुई वर्षपछि मध्यावधि चुनाव हुन्छ। निर्वाचनमा संसद्‌का सिट र केही राज्यमा गभर्नर पदका लागि मतदान हुने गर्छ।

    हाल संसद्‌का दुवै सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले बहुमत छ। कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा हुन लागेको यो निर्वाचनलाई उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ ।

    यस निर्वाचनबाट अमेरिकी संसद् कंग्रेसका दुवै सदन (प्रतिनिधिसभा र सिनेट) को शक्ति सन्तुलन निर्धारण हुनेछ । निर्वाचनको नतिजाले ट्रम्प प्रशासनले आगामी दुई वर्षमा आफ्नो नीति तथा कार्यक्रम अघि बढाउन कति सहजता पाउँछ भन्ने पनि तय गर्नेछ ।

    यदि पार्टीले यीमध्ये एउटा सदनमा मात्र बहुमत गुमायो भने ट्रम्पलाई आफ्नो एजेन्डासँग सम्बन्धित कानुन पारित गर्न गाह्रो हुनेछ।
    मध्यावधि निर्वाचनमा सत्तारूढ राष्ट्रपतिको दलले संसदमा आफ्नो बहुमत गुमाउने सम्भावना रहने भएकाले यसलाई राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा लिने गरिन्छ ।

    यदि डेमोक्र्याटहरूले प्रतिनिधिसभामा बहुमत हासिल गरे भने ट्रम्प प्रशासनका निर्णयमाथि संसदीय निगरानी र अनुसन्धान बढ्न सक्छ । त्यस्तै, रिपब्लिकनले बहुमत कायम राखेमा ट्रम्पलाई आफ्नो नीतिगत एजेन्डा अघि बढाउन सहज हुनेछ ।

    रोयटर्सका अनुसार यसपटकको निर्वाचनमा जीवनयापनको लागत, आर्थिक अवस्था, इरानसँगको युद्ध र ट्रम्प प्रशासनका नीतिहरू प्रमुख चासोका विषय बनेका छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार