२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

पासपोर्ट छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, १० अर्ब बढीको बिगो दाबी

पासपोर्ट छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, १० अर्ब बढीको बिगो दाबी

साझा पोष्ट
सोमबार, असार ८ २०८३
  • images
    images
    पासपोर्ट छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, १० अर्ब बढीको बिगो  दाबी

    काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।

    images

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी रहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीने जानकारी दिइन् ।

    उनका अनुसार अख्तियारले १० जना कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा पेश गरेको छ ।

    राहदानी छपाइमा भएको अनियमिततालाई लिएर तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अख्तियारले बयानमा बोलाएको थियो । तर, मुद्दा अभियोजनमा उनलाई प्रतिवादी भने बनाइएको छैन ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार