२०८३, असोज २२ गते

बिहीबार , असोज २२ गते २०८३

बिहीबार , असोज २२ गते २०८३

विष्णु पौडेलको गिरफ्तारीपछि बोले ओलीः अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा हाे, सामूहिक प्रतिवाद गरौं

विष्णु पौडेलको गिरफ्तारीपछि बोले ओलीः अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा हाे, सामूहिक प्रतिवाद गरौं

साझा पोष्ट
सोमबार, असार ८ २०८३
  • images
    images
    विष्णु पौडेलको गिरफ्तारीपछि बोले ओलीः अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा हाे, सामूहिक प्रतिवाद गरौं

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरिएकोमा कडा आपत्ति जनाएका छन् । सोमबार साँझ एक वक्तव्य जारी गरी उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै भत्र्सना गरेका छन् । 
    ‘उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ’ ओलीले वक्तव्यमा भनेका छन्, ‘नेकपा (एमाले) सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ। वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो।’ 


    images

    उनले यसलाई ‘दमनकारी कदम’ भन्दै आफू र आफ्नो पार्टी माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता  भनेका छन्।

    ‘उपाध्यक्ष पौडेल आजै सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका थियो। विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ’ ओलीको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ। सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ।’

    उनले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ भन्दै  विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न चेतावनीसमेत दिएका छन्।

    साथै, एमालेले सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी कृयाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान पनि गरेको छ।
    पौडेललाई सोमबार अपरान्ह सुर्खेतस्थित एक होटलबाट पार्टीको कार्यक्रम भइरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार