२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

एडिबीसँग २५ अर्ब रूपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता

एडिबीसँग २५ अर्ब रूपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता

साझा पोष्ट
मंगलबार, असार २३ २०८३
  • images
    images
    एडिबीसँग २५ अर्ब रूपैयाँको सहुलियतपूर्ण ऋण सम्झौता

    काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच दुइटा परियोजनाका लागि १६ करोड ५० लाख अमेरिकी डलर अर्थात करिब २५ अर्ब १७ करोड रूपैयाँ बराबरकाे  ऋण सम्झौतामा हस्ताक्षर भएको छ।  
    एडिबीका अध्यक्ष मासातो कान्डाको जारी नेपाल भ्रमण क्रममा एकीकृत खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजना र दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक समन्वय सुधार कार्यक्रमका लागि सोमबार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो।


    images

    अर्थमन्त्री स्वर्णिम वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा हस्ताक्षर गरिएका दुईवटा ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र एडिबीका तर्फबाट नेपालस्थित आवासीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए।

    सोमबार हस्ताक्षर भएका सम्झौतामध्ये एकीकृत खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनाका लागि ११ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण परिचालन हुने अर्थ मन्त्रालयले जनाएको छ।

    यो आयोजनाअन्तर्गत प्राप्त सहायता स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा परिचालन हुनेछ।

    त्यस्तै, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक समन्वय सुधार कार्यक्रमका लागि ५० लाख डलर सहुलियतपूर्ण ऋण भन्सार कार्यप्रक्रिया र लजिस्टिक्स सेवा आधुनिकीकरणमा गरिएका सुधारबापत बजेट सहायताका रूपमा परिचालन हुनेछ।

    हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंकबाट प्राप्त सहायताको उच्च मूल्यांकन गर्दै आगामी दिनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

    एडिबीका अध्यक्ष कान्डाले नेपालसँगको ६ दशक लामो सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको विद्यमान बाह्य तथा आन्तरिक चुनौती सामना गर्न बैंक सधैं सहयोगी हुने र नेपालका विकास प्राथमिकतासँग बैंकको प्राथमिकताको मेल रहेको उल्लेख गरे।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार