काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ ।
पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ ।
पूर्जी बुढानिलकण्ठमा रहेको देउवाको घरमा टाँसिएको छ । सोमवार पूर्जि टाँसेको विभागले मंगलवार सार्वजनिक सूचनानै निकालेर सात दिन भित्र उपस्थित हुन भनेको छ ।
विभागले जयवीरका बुबासहित आमा आरजुलाइ यसअघि नै बोलाइसकेको छ । देउवा दम्पतीले विभागलाई साउन मसान्तसम्ममा आउने जानकारी गराइसकेका छन् ।


