काठमाडौं । भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझीलाई दोषी ठहर गरेको छ । आज तेजबहादुर खड्काको इजलासले मुद्दामा फैसला गर्दै उनीहरूलाई दोषी ठहर गरेको हो ।
फैसलामा खाँडलाई ठगी तथा संगठित अपराधको कसुरमा मतियार भएको ठहर गरिएको छ । यस्तै, रायमाझीलाई ठगी तथा संगठित अपराधको कसुर गरेको फैसलामा उल्लेख छ ।


