काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन जना लिखित किर्तेमा दोषी ठहर भएका छन् ।
आज जिल्ला अदालतबाट आएको फैसलामा रिजालसहित ३ जना लिखित किर्तेमा दोषी ठहर भएका हुन् । रिजालसँगै केशव दुलाल र सानु भण्डारी पनि दोषी ठहर भएका हुन् । सजाय निर्धारण अर्को पेसीमा हुने अदालत प्रशासनले जनाएको छ ।
उता रिजाललाई सङ्गठित अपराधमा पनि सजाय तोकिएको छ । यसमा उनीसहित ५ जना परेका हुन् ।


