२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

'हामी बालेनको हाेइन,नेपाल पुलिस हौं' भनेका डीएसपी चौधरीलाई साेधपुछका लागि जिल्ला बोलाइयो

'हामी बालेनको हाेइन,नेपाल पुलिस हौं' भनेका डीएसपी चौधरीलाई साेधपुछका लागि जिल्ला बोलाइयो

साझा पोष्ट
बिहीबार , असार २५ २०८३
  • images
    images
    'हामी बालेनको हाेइन,नेपाल पुलिस हौं' भनेका डीएसपी चौधरीलाई साेधपुछका लागि जिल्ला बोलाइयो

    काठमाडौं ।  कैलालीमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम लिएर ‘बालेनको पुलिस होइन,नेपाल पुलिस हो ’ भनेका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रसन्नराज चौधरी सोधपुछका लागि जिल्ला तानिएका छन् ।


    images

    इलाका प्रहरी कार्यालय सुखडका इन्चार्जसमेत रहेका डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५ को दरखमा लागुऔषधसम्बन्धी सचेतनामुलक कार्यक्रममा दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न उनलाई जिल्ला बोलाइएको हो ।

     

     ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो’, चौधरीले कार्यक्रममा भनेका थिए, ‘केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हो ।’


    चौधरीले आफ्नो भनाइ मन परेमा ताली बजाउनुहोला भनेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरुले ताली बजाएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । उनले नेपाल प्रहरीले लगाएको बर्दी राष्ट्रपतिले पनि लगाउन नपाउने बताएका थिए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार