काठमाडौं । बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुमाथि अनुसन्धान भैरहेको छ ।


