२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विपक्षी दललाई विरोधको शैली फेर्न सभामुखको आग्रह

विपक्षी दललाई विरोधको शैली फेर्न सभामुखको आग्रह

साझा पोष्ट
बिहीबार , असार २५ २०८३
  • images
    images
    विपक्षी दललाई विरोधको शैली फेर्न सभामुखको आग्रह

    काठमाडौं । सभामुख डिपी अर्यालले विपक्षी दललाई विरोधको शैली फेर्न आग्रह गरेका छन्।


    images

    प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलले करिब ४० दिनदेखि सदनमा विरोध जारी राखेपछि सभामुखले यस्तो आग्रह गरेका हुन्।

    उनले भने, ‘हामी लामो समयदेखि एउटै मुद्दामा विपक्षी बेन्च तर्फका माननीय सदस्यहरूले ध्यानाकर्षण गराइराख्नुभएको छ। सबै जनाको कुरा सुन्दा विषयवस्तु एउटै नै हुन्छ। त्यसकारणले सभालाई मर्यादित र समयको ख्याल गर्नका लागि विपक्षी बेन्चको तर्फबाट एक जना माननीय सदस्यले बोलेर आजको बैठक अगाडि बढाउनको लागि सहयोग गर्न म माननीय सदस्यहरूलाई अनुरोध गर्छु।’

    उनले जुन विषयवस्तुको लागि विरोधको सुरुवात गरिएको छ त्यसैमा केन्द्रित भएर आफ्नो कुरा राख्न समेत आग्रह गरे। एक जनालाई बोलेर दैनिक कार्यसूचीमा प्रवेश गर्न आग्रह गरेपनि विपक्षीले मानेनन्। सबै दलका एक जनाले बोलेपछि सदन कार्यसूचीमा अगाडि बढ्यो।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार