२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

बैंकिङ च्यानलमा थुप्रियो पैसा, आज ६० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ च्यानलमा थुप्रियो पैसा, आज ६० अर्ब खिच्दै राष्ट्र बैंक

साझा पोष्ट
शुक्रबार, असार २६ २०८३
  • images
    images
    बैंकिङ च्यानलमा थुप्रियो पैसा, आज ६० अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ च्यानलमा अत्यधिक पैसा थुप्रिएको छ । पैसा अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नेका लागि आज बैंकिङ प्रणालीबाट आज निक्षेप संकलन गर्ने भएको छ ।
    केन्द्रिय बैंकको मौद्रिक व्यवस्थापन विभागकाअनुसार आज असार २६ गते राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । उक्त रकम बोलकबोल विधिमार्फत दिउँसो ३ बजे अनलाइन माध्यमबाट हुनेछ ।


    images


    उक्त निक्षेपको सावा तथा ब्याज असोज २३ गते भुक्तानी हुने विभागले जनाएको छ । बोल कबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकम हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने बैंकले भनेको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । –न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार