२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सुनसरीका १०  स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)

सुनसरीका १०  स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)

साझा पोष्ट
मंगलबार, साउन १२ २०८३
  • images
    images
    सुनसरीका १०  स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)

    काठमाडौं, साउन १२ । सुनसरीका १०  स्थानीय तहमा मङ्गलवार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।


    images

    जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला सुनसरीको धरान बराहक्षेत्र र इटहरीको १८ वटा वडा बाहेकका सबै स्थानीय तहमा कर्फ्यु आदेश भएको हो ।

    समितिले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएकाे हाे । 
    कर्फ्यु आदेश इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका तथा बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू हुने प्रशासनले जनाएको छ।

    curfew_sunsari.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार