२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु (तस्बिरसहित)

माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु (तस्बिरसहित)

साझा पोष्ट
बुधबार, साउन १३ २०८३
  • images
    images
    माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु (तस्बिरसहित)

    काठमाडौं,साउन १३  । काठमाडौं महानगरपालिकाले माईतीघर र आसपासका क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्ने उद्देश्यले बुधवारदेखि निकास खोल्ने कार्य शुरु गरेको छ । 


    images


    बुधवार महानगरपालिकाले थापाथलीस्थित नेपाली सेनाको सैन्य परिवहन गण, थापाथली इन्जिनियरिङ क्याम्पस र राष्ट्रिय तथ्यांक कार्यालय नजिकका क्षेत्रमा जल प्रवाहमा अवरोध पुर्याइरहेका संरचना तथा अवरोध हटाउन डोजर परिचालन गरेको हो ।

    यसअघि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित अध्ययन समितिले उक्त क्षेत्रको डुबान नियन्त्रणका लागि पानीको बहाव क्षेत्रमा रहेका साँघुरा ढल र अन्य अवरोध हटाउन सुझाव दिएको थियो ।

    maitighar_2.JPG

    सोही समितिको सिफारिसका आधारमा महानगरले काम अघि बढाएको हो । केही हप्ताअघि भएको अविरल वर्षाका क्रममा माईतीघर क्षेत्र जलमग्न भई आवागमन र जनजीवन प्रभावित भएपछि महानगरले पानीको उचित निकासका लागि यो कदम चालेको हो ।

    बर्खाको समयमा हुने डुबानलाई मध्यनजर गर्दै महानगरले ढलको अवरोध हटाउने कार्यलाई प्राथमिकता दिएको छ ।

    maitighar_3.jpg

    –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार