२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषदको बैठक

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषदको बैठक

साझा पोष्ट
बिहीबार , साउन १४ २०८३
  • images
    images
    प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषदको बैठक

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा परिषदको बैठक बोलाएका छन् ।  परिषदका अध्यक्ष प्रधानमनत्री शाहले साढे ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षा अवस्थाबारे छलफल हुने छ ।


    images


    नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा  परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषदमा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।

    परिषदले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने, नेपाली सेनाको सुदृढीकरण एवम् आधुनिकीकरण गर्न आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायको लागि चाहिने हातहतियार, उपकरण र तिनीहरुको मापदण्ड सम्बन्धी नीति तर्जुमा गर्ने, मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने र राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई राय सल्लाह दिने काम गर्दछ । सुनसरीमा हिंसात्मक झडप नरोकिइरहेका बेला बैठक बोलाइएको छ । 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार