२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ईपीएस आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको चाप (तस्बिरहरु)

ईपीएस आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको चाप (तस्बिरहरु)

साझा पोष्ट
शुक्रबार, साउन १५ २०८३
  • images
    images
    ईपीएस आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको चाप (तस्बिरहरु)

    काठमाडौं,साउन १५ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको अत्यधिक भीड लागेको छ । ईपीएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको कार्यालयले जनाएको छ ।


    images

    राहदानी लिनका लागि लामवद्ध हुनेहरूको बाक्लो उपस्थिति रहेको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आगामी सोमवारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ ।

    passport_33.jpg

    यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिवार र आईतवार समेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ ।

    घर–घरमा राहदानी पुर्याउने नारासहित अघि बढेको सरकार राहदानी विभागमा पुगेर लामवद्ध नागरिकहरुलाई समयमै राहदानी समेत दिन नसकेको भन्दै नागरिकहरुले सरकारको विरोध गरिरहेका छन् ।

    passport_55.jpg

    तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार