२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गोठाटारमा आगलागी हुँदा १४ पसल जले, थप विवरण आउन बाँकी

गोठाटारमा आगलागी हुँदा १४ पसल जले, थप विवरण आउन बाँकी

साझा पोष्ट
आइतबार, साउन १७ २०८३
  • images
    images
    गोठाटारमा आगलागी हुँदा १४ पसल जले, थप विवरण आउन बाँकी

    काठमाडौं,साउन १७ ।  काठमाडौंकाे गोठाटारमा भएको आगलागीमा  १४ वटा पसलजलेका छन् । शनिबार राति  भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।


    images

    प्रहरीका अनुसार गोठाटारको पहेलोपुल नजिक रवीन्द्र भट्टराईकाे काठको गोदाम र सटरमा करेन्ट सर्ट भई सवा ९ बजे सुरु आगाे  राति ११ बजे सशस्त्र र प्रहरी टोलीले स्थानीयको सहयोगमा ९ वटा दमकल, ३ वटा पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।


    आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका – ९ का ३७ को नरेश थापा लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई नगर अस्पताल मुलपानीमा सामान्य उपचारपश्चात थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।

    आगलागीमा जलेका पसलहरु  

    १.प्रेम गौतम रिकन्डिसन

    २.रिकन्डिसन एण्ड हेल्मे  पसल

    ३.घिसिङ अटो रिकन्डिसन

    ४.बासु फर्निचर पसल 

    ५.रङ पसल

     ६.ओम काष्ठ मिल उद्धोग

    ७.मोबाईल पसल

     ८.हार्डवयर पसल

    ९.मिठाई पसल

    १०.चिया पसल

     ११.हिमेस गौतमको फर्निचर पसर

     १२.कस्मेटिक पसल

    १३.स्टेशनरी पसल

    १४.चटपटे एण्ड किराना पसल   ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार