काठमाडौं,साउन १७ । जेनजी आन्दोलनमा जेलबाट भागेको कर्मा तामाङलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली चलाएर नियन्त्रणमा लिएको छ ।
गए राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चोरी तथा लुटपाटमा संलग्न तामाङ कैद भुक्तान गरिरहेका जेनजी आन्दोलनमा फरार भएका थिए ।


