२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

कांग्रेस जोड्ने भन्दै तेस्रो पक्षले बाेलायाे साउन २० गते राष्ट्रिय एकता भेला

कांग्रेस जोड्ने भन्दै तेस्रो पक्षले बाेलायाे साउन २० गते राष्ट्रिय एकता भेला

साझा पोष्ट
आइतबार, साउन १७ २०८३
  • images
    images
    कांग्रेस जोड्ने भन्दै तेस्रो पक्षले बाेलायाे साउन २० गते राष्ट्रिय एकता भेला

    काठमाडौं,साउन १७ । पार्टी फूट्ने अवस्थामा पुगेपछि  नेपाली कांग्रेसका युवा नेताहरूले नयाँ अभियान घोषणा गरेका छन्।


    images

    आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरूले 'देश र कांग्रेस जोड्ने अभियान' घोषणा गरेका हुन्। राष्ट्रिय सभा सांसद रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, सहितले यो अभियान घोषणा गरेका हुन्। उनीहरूले पार्टीभित्र देखा परेको मतभेद अन्त्यका लागि पहल गर्ने बताएका छन्।

    पत्रकार सम्मेलनमा बोल्दै नेता महरले साउन २० गते काठमाडौंको सुकेधारामा राष्ट्रिय एकता भेला आयोजना गरिएको जानकारी दिए । यो भेलामा कांग्रेसबाट उम्मेदवार भई विभिन्न तहमा जितेका देशभरका जनप्रतिनिधिलाई बोलाइएको छ।  महरका अनुसार यो भेलामा संस्थापन र संस्थापनइतर पक्षका नेताहरूलाई एकै मञ्चमा ल्याइनेछ।

    गत पुसमा विशेष महाधिवेशन भएको थियो। उक्त महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सहभागी थिएन। विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र मतभेद अझै जारी छ।

    संस्थापनइतर पक्षले पनि साउन २९ मा राष्ट्रिय भेला बोलाएका छन्। र, कांग्रेस औपचारिक रुपमै फुटतिर अघि बढेको छ । यही बेला तेस्रो समूहले नयाँ अभियान घोषणा गरेको छ ।

     यसले साउन २० को भेलापश्चात देशभर हस्ताक्षर संकलन र अन्य दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । ‘कांँग्रेस जुट्दा लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भए मात्र देश बलियो हुन्छ’ भन्ने संकल्पका साथ यो अभियान अघि बढाइएको नेता महरले  बताए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार