२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

धर्मसम्बन्धी विषयमा निधी र महतबिच मञ्चमै धकेलाधकेल र कागज खोसाखोस

धर्मसम्बन्धी विषयमा निधी र महतबिच मञ्चमै धकेलाधकेल र कागज खोसाखोस

साझा पोष्ट
आइतबार, साउन ३१ २०८३
  • images
    images
    धर्मसम्बन्धी विषयमा निधी र महतबिच मञ्चमै धकेलाधकेल र कागज खोसाखोस

     काठमाडौं,साउन ३१ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सम्मेलनमा नेता विमलेन्द्र निधि र प्रकाशशरण महतबीच मञ्चमै कागज खोसाखोस र तानातान भएको छ । 
    धर्मसम्बन्धि प्रस्ताव पारित गर्ने विषयमा मञ्चमै दुई नेता तानातान र धकेलाधकेलमा उत्रिएका हुन् ।  नेता दीपक कुइँकेलले भेलाले पारित गर्ने प्रस्ताव रोस्ट्रमबाट पेश गरिरहँदा उठेर रोस्ट्रमतर्फ गएका निधीलाई प्रकाशशरणले रोकेपछि खोसाखोस भयो । महतले निधिलाई रोकेर मञ्चमै फर्काएका थिए ।
     उनीहरूबीचको विवाद धर्मसम्बन्धी प्रस्ताव पारित गर्ने विषयमा भएको थियो । डा. महतले ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्रता हुने’ भन्ने वाक्य समावेश गरेका थिए । तर, उक्त शब्दावलीप्रति असन्तुष्टि जनाउँदै निधिले त्यसलाई संशोधन गरी ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान राखेका थिए ।


    images

    यही विषयमा मतभेद बढ्दै जाँदा कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेकै बेला दुवै नेताबीच केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो । मञ्चमै निर्णयपत्र खोसाखोससम्मको अवस्था देखिएपछि उपस्थित कार्यकर्ताहरूबीच समेत हलचल मच्चिएको थियो ।

    विवाद चर्किएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए । उनको निर्देशनपछि अन्ततः महतले तयार पारेकै प्रस्तावको बुँदा जस्ताको त्यस्तै वाचन गरिएको थियो ।

    देउवाले आफ्नो सम्बोधनका क्रममा आफू व्यक्तिगत रूपमा हिन्दु धर्मावलम्बी भए पनि सबै धर्मप्रति सम्मानको भाव राख्ने धारणा व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार