२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन, समस्या परे निगममा फोन गर्न सकिने

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन, समस्या परे निगममा फोन गर्न सकिने

साझा पोष्ट
बुधबार, साउन २० २०८३
  • images
    images
    ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन, समस्या परे निगममा फोन गर्न सकिने

    काठमाडौं, साउन २० । उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ ।


    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठित यो टिमले आजैदेखि आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ ।

    ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्याहरूलाई तत्काल समाधान गर्न मन्त्रालय, आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित यो विशेष संयन्त्र बनाइएको हो ।

    क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मंगल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगीका तर्फबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन् ।


    देशका कुनै पनि स्थानमा एलपी ग्यासको अभाव वा वितरणमा अवरोध देखिएमा यो टिमले तत्काल समन्वय गरी समाधान गर्ने मुख्य उद्देश्य राखेको जनाएको छ ।

    निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास पुर्‍याउने व्यवस्था मिलाइने निगमले जनाएको छ ।

    पछिल्लो समय बजारमा ग्यास अभाव भएर उपभोक्ता कामकाज छोडेर लाइन लाग्न बाध्य भएका छन् । यही समस्या सम्बोधन गर्न यो संयन्त्र क्रियाशील बनाइएको हो । टिमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै तत्काल निकास दिने गरी कार्यविधि तय गरेको छ ।

    ग्यास आपूर्ति सम्बन्धी कुनै समस्या वा गुनासो भएमा उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् ।

    उक्त नम्बरमा प्राप्त हुने जानकारीका आधारमा क्विक रेस्पोन्स टिमले आवश्यक पहल गरी आपूर्ति सहज बनाउने निगमको भनाइ छ ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार