२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

भदौ २३ र २४ काबुबाहिरको परिस्थिति :अर्थमन्त्री

भदौ २३ र २४ काबुबाहिरको परिस्थिति :अर्थमन्त्री

साझा पोष्ट
मंगलबार, साउन २६ २०८३
  • images
    images
    भदौ २३ र २४ काबुबाहिरको परिस्थिति :अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ०८२ भदौ २३ र २४ गतेको घटनालाई काबुबाहिरको परिस्थिति भनेका छन् । मंगलबार (साउन २६) बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो टिप्पणी गर्दै उक्त घटना दुर्घटनाकै ‘आयाम’भित्र पर्ने बताए ।


    images

    “मलाई लाग्छ, योचाहिँ हाम्रो कानुनी भाषामा ‘फोर्स मेजर’ भन्छौँ, काबुबाहिरको परिस्थिति । फोर्स मेजरकै रूपमा डिफाइन गर्दाखेरि यसलाई दुर्घटनाकै चाहिँ आयामभित्र पर्छ जस्तो मलाई लाग्छ,” उनले भने ।

     घटना किन भयो भन्नेमा फरक मत रहे पनि क्षतिबारे सबैलाई जानकारी नै भएको उनले बताए । “२३ र २४ किन भयो भन्नेमा धेरै विमति होलान् । आखैँअगाडि भएका दुर्घटना, घटना, क्षतिहरूबारे सबै जानकार छन्,” उनले भने ।

    महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका बेलामा स्रेस्ता जलेका कारण एक खर्ब ४७ अर्ब रुपैयाँको लेखापरीक्षण नभएको भन्ने उल्लेख रहेको उनले बताए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार