काठमाडौं,साउन २८ । गएराति सम्पादक किशोर श्रेठलाई पक्राउ गरेको प्रहरीले आज बिहान जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ।
ललितपुरको झम्सीखेल, ठाडोढुंगास्थित प्रहरीले विहान छापा मारेको हो । पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको थियो।
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो
श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।


