२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

सत्ता सञ्चालनमा कम्युनिष्ट किन कमजोर भए ? जनता किन टाढिए ? समिक्षा गर्नुपर्छ: शंकर पोख्रेल

सत्ता सञ्चालनमा कम्युनिष्ट किन कमजोर भए ? जनता किन टाढिए ? समिक्षा गर्नुपर्छ: शंकर पोख्रेल

साझा पोष्ट
आइतबार, साउन ३१ २०८३
  • images
    images
    सत्ता सञ्चालनमा कम्युनिष्ट किन कमजोर भए ?  जनता किन टाढिए ? समिक्षा गर्नुपर्छ: शंकर पोख्रेल

    काठमाडौं,साउन ३१ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राज्य सत्ता सञ्चालनमा कम्युनिष्ट पार्टी कमजोर हुनु र आधारभूत वर्ग कम्युनिष्ट पार्टीसँग टाढिनुको कारण खोज्नुपर्नेमा जोड दिएका छन् ।


    images

     सामाजिक सञ्जालमार्फत यसबारे धारणा पोख्रेलले आफ्नो धारणा राख्दै कम्युनिष्ट आन्दोलनले समिक्षा गनुपर्नेमा जोड दिएका छन्  । 
    फेसबुकमा पोख्रेलले राखेको धारणा: 

    नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा आमरुपमा कमजोर देखिए । अखिर किन ?
    ⚬ कम्युनिष्ट आन्दोलनमा अधिकार र सङ्घर्षका कुरा धेरै भए, तर समाज बदल्ने मुख्य आधार 'अर्थराजनीति' को विषय उपेक्षित रह्यो।
    ⚬ क्रान्तिपूर्वको 'सरकार शक्ति सञ्चयको आधार हो' भन्ने मान्यता व्यवहारमा लागुहुन सकेन । सरकारमा हुँदा आमरुपमा शक्ति क्षयीकरण हुनु पुग्यो ।
    ⚬ कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार हुदा देशभक्ति,पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए । तर पनि जनसमर्थन भने बढ्नुको साटो आमरुपमा घट्न पुग्यो ।
    ⚬ २०५१ को मनमोहन नेतृत्वको अल्पमतको सरकार र २०७२ को केपी ओली नेतृत्वको ९ महिने वामपंथी सरकारमा बाहेक अन्य कुनै पनि वामपन्थी नेतृत्वको सरकारले जनमत बढाउन सकेनन्।
    ⚬ आम निर्वाचन २०८२मा सिंगो वामपंथी आन्दोलनले वेहोर्नु परेको असाधारण धक्काले वाम तथा कम्युनिष्ट आन्दोलनका वारेमा नयाँ ढंगले चिन्तन मनन गर्नु पर्ने ठाउमा पुर्याएको छ । 
    यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै कम्युनिष्ट पार्टीसंग किन टाढिए ? किन नेता र कार्यकर्तामा सामाजिक परिवर्तन प्रतिको हुटहुटी सिथिल भयो ? भन्ने कुराको निर्मम समीक्षा नगरी कम्युनिस्ट आन्दोलनको पुनर्जागरण सम्भव छैन।
    हरेक समस्याका पछाडी कुनै न कुनै कारण हुन्छ र त्यसको समाधान पनि त्यस्मै निहित हुन्छ । यो मार्क्सवादी मान्यता हो । तसर्थ समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार