२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

विमानस्थलमा 'मेटल डिटेक्टर'ले जाँचेकाेमा ओलीको आपत्ति (भिडियो )

विमानस्थलमा 'मेटल डिटेक्टर'ले जाँचेकाेमा ओलीको आपत्ति (भिडियो )

'यता पनि छाम्छन्, उता पनि छाम्छन्, उधुमै गरे, के तमासा हो ? ’

साझा पोष्ट
आइतबार, साउन ३१ २०८३
  • images
    images
    विमानस्थलमा 'मेटल डिटेक्टर'ले जाँचेकाेमा ओलीको आपत्ति (भिडियो )

    काठमाडौं,साउन ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हवाइ यात्रा गर्दा विमानस्थलमा कडा चेकजाँच गरिएकोमा आपत्ति जनाएका छन् ।


    images

    हिजो इलाम पुगेका ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बैठकलाई सम्वोधन गर्ने क्रममा आफूलाई अपराधिको जस्तो व्यवहार गरिएको भन्दै उनले आपत्ति जनाएका छन् । मेटल डिटेक्टरको सहयोगले शरीरमा खानतलासी गरिएको भन्दै उनले रोष प्रकट गरे ।

    ‘मेटल डिटेक्टर लगाएको छ, यो गर्या छ, उ गर्या छ । के निकाल्न खोज्या रु के बरामद गर्न खोज्या ? ’ ओलीले आक्रोश व्यक्त गर्दै भने, पल्टाई पल्टाइकन छाम्छ, के भेटिन्छ भनेर हो । यसो‘ यसो‘ गरेर छाम्छ सबै । के छाम्या हो यिनले मेरो शरीरमा ?  हिजो पनि भएको थियो भद्रपुरमा । आजै पो हो क्यारे । काठमाडौँमा छाम्छ, यता छाम्छ, उ त्यहाँ परै छाम्छ । त्यहाँबाट अलि भित्र आए त्यहाँ छाम्छ, अलि भित्र आए त्यहाँ छाम्छ ।'

    ">

    सीमामा तस्करी भैरहेपनि त्यसमा ध्यान नदिएको तर आफूलाई दुव्र्यवहार गरिएको उनले आशय व्यक्त गरे । 'म न गँजडी, न जड्याहा, न ड्रगिस्ट, न के । के खोज्या हो रु न मसँग १९० तोला सुन, न कतै लुकाएको केही छ । अनि के छाम्या हो, के छाम्या । यिनको काम यस्तै हो, गर्नुपर्ने ठाउँमा गर्दैनन् ।' उनले भने, ट्रकका ट्रक तस्करी सिमानाबाट भएको भइछ । एअरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लाउँछ । गेटबाट छिराउँछ, ग्याँ ग्याँ बनाउँछ, अनि त्यति गर्दा नपुगेर छाम्छ के । मालिस गर्न थाल्या हो कि के गर्या हो ? '

    विमानस्थलमा गरिएको चेकिङप्रति ओलीले दोस्रोपटक सार्वजनिकरुपमा गुनासो गरेका हुन् । गत माघमा पनि उनले आफूलाई सुन तस्करजस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाएका थिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार