२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

१५औं महाधिवेशन देउवाकै नेतृत्वमा, जिम्मेवारी सबै शशांकलाई

१५औं महाधिवेशन देउवाकै नेतृत्वमा, जिम्मेवारी सबै शशांकलाई

अब इतर समूहको नेता शशांक

साझा पोष्ट
आइतबार, साउन ३१ २०८३
  • images
    images
    १५औं महाधिवेशन देउवाकै नेतृत्वमा, जिम्मेवारी सबै शशांकलाई

    काठमाडौं,साउन ३१ । नेपाली कांग्रेसको इतर पक्षले १४ औं महाधिवेशनबाट निर्वाचित  शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलेनै १५ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।


    images

    आइतवार सकिएकाे राष्ट्रिय भेलाले देउवाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णय गरेको हो । तर  १५ औं महाधिवेशन तयारीको जिम्मा पूर्वमहामन्त्री डा.शशांक कोइरालालाई दिइएको छ । 


    योसँगै नेपाली कांग्रेस इतरसमूहले नेतामा शशांक कोइरालालाई अघि बढाएको  छ । यसअघि इतरसमूहको नेतृत्व पूर्णबहादुर खड्काले गर्दै आएका थिए । 

     

    सम्मेलनले पास गरेको ५ बुँदे प्रस्तावको पहिलो नम्बर बुँदामा नै १५ औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ भन्ने उल्लेख छ ।

    सो बुँदामा भनिएको छ- १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिने र शेरबहादुर देउवाको सभापतित्वमा १५ औँ महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५ औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।'

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार